चितवनमा सक्रिय संक्रमित ४५६, मृत्यु हुनेको संख्या ९४ पुग्यो

चितवनमा सक्रिय संक्रमित ४५६, मृत्यु हुनेको संख्या ९४ पुग्यो

चितवन, १७ मंसिर

चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४५६ मा झरेको छ । हिजो बुधबार सक्रिय संक्रमितको संख्या पाँच सय थियो ।

पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित निको भए भने २२ जना नयाँ संक्रमित थपिएका छन् । आज बुधबार सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

हालसम्म ५ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार २७१ जना निको भइसकेका छन् । सक्रिय संक्रमित ४५६ जनामध्ये ४१६ जना संक्रमित होम आइसोलेसन र ४० जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् ।