प्रधानमन्‍त्री ओलीले अस्पताल जानुअघि भिडियो सन्देश दिने

प्रधानमन्‍त्री ओलीले  अस्पताल जानुअघि भिडियो सन्देश दिने

काठमाडौँ, १९ फागुन ।

प्रधानमन्त्री केपी ओलीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि सोमबार सन्देशमार्फत् सम्बोधन गर्ने भएका छन्।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि आइतबार अपरान्ह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुन लागेका ओलीले भिडियो सन्देशमार्फत केही विषय स्पष्ट पार्न लागेका हुन्।

ओलीको यहीफागुन २१ मा मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ। त्यसका लागि अस्पतालका विशेषज्ञसहित विशेष टोली खटिएको छ।

दुवै मिर्गौलामा समस्या भएपछि प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।

मिर्गौलामा समस्या देखिएपछि कात्तिकदेखि ओलीले नियमित डायलासिस गराउँदै आएका छन्।