भारतमा दुईजनालाई कोरोना संक्रमण भएको पुष्टि

भारतमा दुईजनालाई कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं,१९ फागुन।

भारतको स्वास्थ्य मन्त्रालयले आज दिल्ली र तेलंगानामा एक-एकजना कोरोना भाइरसका संक्रमित भएको पुष्टि गरेको छ। दिल्लीमा पहिलोपटक कोरोना संक्रमित पुष्टि भएको हो।

दिल्लीमा फेला परेका कोरोना संक्रमितले हालै इटलीको भ्रमण गरेका थिए भने तेलंगानामा फेला परेका व्यक्तिले दुबईको।

यसैबीच भारतीय सरकारको अध्यागमन विभागले आज एक विज्ञप्ति जारी गर्दै १५ जनवरीदेखि यता चीन पुगेका कसैलाई पनि भारत प्रवेशका लागि अनुमति नदिने जनाएको छ।

‘१५ जनवरीमा र त्यसपछि चीनमा रहेका कुनै पनि विदेशीलाई वायु, जमिन र समुद्री कुनै पनि माध्यमबाट भारत प्रवेशका लागि अनुमति छैन। उनीहरूलाई भारत(नेपाल, भारत(भुटान, भारत(बंगलादेश र भारत(म्यानमारका नाकाबाट समेत प्रवेश निषेध गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

भारतले संसारका कुनै पनि ठाउँबाट आउने चिनियाँ पासपोर्टधारीलाई ५ फेब्रुअरी दिइएको भिसा खारेज गर्ने निर्णय गरेको छ।