चितवनमा सिरिन्ज हान्दा हान्दै तिन जना पक्राउ

चितवनमा  सिरिन्ज हान्दा हान्दै तिन जना  पक्राउ

चितवन,१९ फागुन

चितवनमा सिरिन्ज हान्दा हान्दै प्रहरीले तिन जना पक्राउ गरेको छ ।  कालिका नगरपालिका– १ बस्ने ३० वर्षीय देवन मगर सहित दुई जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनिहरुलाई डाईजेपाम ५५ इम्पुल ,फेनरागन १२९ एम्पुल, नुरफिन ४९ एम्पुल सहित सोमबार पक्राउ गरेको हो । कालिका न.पा. ५ स्थित रहेको सुवास श्रेष्ठ को कुखुराको खोरमा निज सुवास श्रेष्ठ सहित दुई  जनाले सिरिन्ज हानिरहेको अवस्थामा प्रचौ पदमपुर बाट गस्तिमा निस्किएको प्रहरीको टोलीले फेला पारी नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टाँडीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।