राप्तीबाट गाँजासहित एक जना पक्राउ
फागुन १९ गते । चितवनको राप्ती नगरपालिका ११ वेलडाँडाबाट अवैध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी हवल्दार विश्वनाथ यादवको कमाण्डमा खटिएको टोलीले ११ किलो गाँजासहित रामवहादुर थिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले वताए । बोरामा ल्याउँदै गर्दा शंका लागेर चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको उनले वताए । घटनाका बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यस्तै चितवनको कालिका नगरपालिका ५ बाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । स्थानीय सुवास श्रेष्ठको कुखुरा खोरमा उनैले सिरिन्ज हानिरहेको अवस्थामा देवमगर सहितलाई पक्राउ गरिएको हो । साथै उनीहरुको साथबाट लागू औषध डाईजेपाम ५५ एम्पुल,फेनरागन २९ एम्पुल,नुरफिन ४९ एम्पुलसहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता कोईरालाले वताए ।