वुहानबाट उद्धार गरी ल्याइएका नेपाली फर्किए घर

वुहानबाट उद्धार गरी ल्याइएका नेपाली फर्किए घर

काठमाडौं,१९ फागुन

चीनको बुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटीमा राखिएका १७५ नेपाली विद्यार्थी १६ दिनपछि सरकारले घर पठाएको छ। क्वारेनटाइनमा राखिएका विद्यार्थीको कोरोना भाइरस रोग भएको पुष्टि नभएपछि सोमबार सरकारले घर पठाएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले उनीहरूको नाक र घाँटीको स्वाबको नमुना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा कोरोनाको संक्रमण रिपोर्टमा नदेखिएपछि घर पठाएको बताए। घर फर्किन पाएपछि खुसीले विद्यार्थीहरू नेपाल सरकार जिन्दावाद लगायतको नारा लगाउँदै घर फर्किएका थिए। सरकारले कोरोना अति प्रभावित क्षेत्र चीनको वुहानबाट १७५ जना विद्यार्थीलाई गत फागुन ४ गते उद्धार गरी ल्याएको थियो। वुहान गएको चालक दलका १८ जना हिजो नै घर गइसकेका छन्।