खैरहनीमा नेतृत्व विकास तालिम सुरु

खैरहनीमा नेतृत्व विकास तालिम सुरु

फागुन १९ गते । महिलाहरुलाई लक्षित गर्दै पूर्वी चितवनको खैरहनी नगरपालिकामा सोमवारदेखी नेतृत्व विकास तालिम सुरु भएको छ । खैरहनी नगरपालिकाको महिला तथा वालवालिका शाखाको आयोजनामा सुरु भएको पाँच दिने तालिमको नगर उपप्रमुख सुनिता थपलियाले उद्घाटन गरिन् । सो अवसरमा उपप्रमुख थपलियाले हरेक क्षेत्रमा महिलाहरुले नेतृत्व गर्न सक्ने वनाउन आवश्यक रहेको वताईन् । अवसरलाई सदुपयोग गन सक्ने वनाउन पनि नेतृत्व विकास आवश्यक पर्ने उनको भनाई छ । तालिममा नगरको १३ वटा वडाबाट टोल विकास संस्थाका २,२ जना,महिला सहकारी,एकल महिला,दलित,अपाङ,जेष्ठ नागरीक गरि ४० जनाको सहभागीता रहेको छ । तालिमको पहिलो दिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले असल नेतृत्वमा हुनु पर्ने गुण,संस्थागत विकासमा नेतृत्वकर्ताको भुमिकाका विषयमा सहजीकरण गरेको महिला तथा वालवालिका शाखा प्रमुख कृष्णाकुमारी गुरुङले वताईन् । तालिममा महिला शशक्तिकरणमा पुरुषको भुमिका,निर्णय कार्यको विधि,समाजिक समावेशीकरण निति र अवधारणा,टोल विकास संस्था गठन संचालन तथा व्यवस्थापन कार्यविधि,सहकारीका सिद्धान्त लगायतका विषयमा सहकारीका पूर्व निरीक्षक मिष्टरवावु घिमिरे,नगरपालिका सामाजिक विकास समिति संयोजक मनेजर महतो,संजय चौधरी,महिला तथा वालवालिका शाखा प्रमुख कृष्णाकुमारी गुरुङ, विमला रानाभाटले सहजीकरण गर्नेछन् ।