चैत पहिलो साता रत्ननगरमा दादुरा रुवेला खोप अभियान

चैत पहिलो साता रत्ननगरमा दादुरा रुवेला खोप अभियान

फागुन १९ गते । चितवनको रत्ननगर नगरपालिकाले चैत पहिलो साता दादुरा रुवेला खोपको अभियान संचालन गर्ने भएको छ । दादुरा रुवेला खोप समन्वय समितिको सोमवार वसेको वैठकले चैत २ गतेदेखी ७ गते सम्म अभियान संचालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखा संयोजक माधव पौडेलले वताए । सरकारले पाँच पाँच वर्षमा यो अभियान चलाउँदै आएको छ । वडाका प्रत्येक स्वास्थ्य केन्द्रमा ९ महिनादेखी ५ वर्ष उमेर सम्मका वालवालिकालाई दादुरा रुवेलाको खोप लगाईने स्वास्थ्य शाखा संयोजक पौडेलले वताए । यसैबीच सोमवारनै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमका बारे जनप्रतिनिधीहरुलाई जानकारी गराईएको छ । यो कार्यक्रम पनि चैतमै लागू गर्ने तयारी छ । रत्ननगरका मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जनता स्वास्थ्य परिक्षण कार्यक्रमका बारे रत्ननगरका जनप्रतिनिधीहरुलाई जानकारी गराएका थिए । पूर्वी चितवनका चार पालिकालाई मध्यनजर गर्दै वकुलहर रत्ननगर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम लागू हुने छ ।