चितवनमा सवारी पास दिन बन्द , दिएको पास समेत खारेज
प्रकाशित मिति: बिहिबार, चैत्र २०, २०७६ | ६:३६:५९
चितवन , २० चैत।
चितवनमा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामको लागि दिदै आएको बिशेष सवारी पास दिन बन्द गरेको छ । सरकारले लगाएको लकडाउनलाई थप कडाई र प्रभावकारी गराउनको लागि बिशेष काम परेकाहरुलाई प्रदान गरिदै आएको सवारी पास जारी गर्न बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बुधबार दिउँसोबाट नयाँ सवारी पास दिन बन्द गरिएको र यस अघि जारी गरिएको सवारी पास समेत खारेज गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । अत्यावश्यक सेवाका सवारीसाधन संचालनमा कुनै अवरोध नहुने र उनीहरुलाई पास आवश्यक नपर्ने भन्दै त्यस बाहेकलाई कडाई गरिने शर्माले बताए ।
प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६ |
६:३६:५९
5809