कोरोनाका कारण सोमालियाका पूर्वप्रधानमन्त्रीको निधन
प्रकाशित मिति: बिहिबार, चैत्र २०, २०७६ | १२:१७:१८
काठमाडौं ,२० चैत्र ।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण (कोभिड-१९) बाट सोमालिया पूर्वप्रधानमन्त्रीको निधन भएको छ। पूर्वप्रधानमन्त्री नूर हसन हुसेनको कोभिड-१९ बाट मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
कोभिड-१९ देखिएपछि हुसेन बेलायतको ‘लन्डन अस्पताल’मा भर्ना भएका थिए। कोभिड(१९ देखिएको पाँच दिनपछि उनको मृत्यु भएको हो। उनी अहिले ८३ वर्षका थिए। सोमालियामा सन् २००७ को नोभेम्वरदेखि २००९ को फेव्रुअरीसम्म उनी प्रधानमन्त्री थिए।
प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६ |
१२:१७:१८
1805