छोरीमाथि जबरजस्ती करणीको आरोप लागेका बावुले गरे हिरासतमै आत्महत्या

छोरीमाथि जबरजस्ती करणीको आरोप लागेका बावुले गरे हिरासतमै आत्महत्या

बुटवल,२० चैत्र ।

कपिलवस्तुमा आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका एक बावुले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । केहि दिनअघि आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिका वडा नम्वर ८ का एक ब्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी हिरासतमा झुण्डिएको अबस्थामा मृत फेला परेका हुन् ।

गत फागुन १८ गते छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका परेका उनी विरुद्ध फागुन १९ गते म्याद थप गरि प्रहरीले हिरासतमा राखेको थियो । आज बिहान उनी शौचालय गएको बेला झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी निरक्षक आयुष जेशीले बताए ।