नेपालमा फेरी एक जनामा भेटियो कोरोना संक्रमण

नेपालमा फेरी एक जनामा भेटियो कोरोना संक्रमण

काठमाडौं ,२० चैत्र।

नेपालमा आज फेरी एकजनामा कोरोना भाइरस संक्रमण पोेजेटिभ भेटिएको छ ।चैत्र ४ गते दोहाबाट काठमाडौ आएका व्यक्तिमा कारोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ पुगेको छ। बिहीबार फेला परेका कोरोना संक्रमित बिरामी दोहाबाट आएको कतार एयरलाइन्सको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका हुन्।

चैत ४ गते नेपाल आएको कतार एयरवेजको विमानमा उनीहरु आएका थिए। यसअघि पनि यही फ्लाइटबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु सबैको उपचार जारी छ। यो विमानमा १ सय ५८ जना यात्रु थिए। तीमध्ये १ सय ४० जनाको मात्र ट्र्याकिङ भएको छ अहिलेसम्म।

पछिल्लो पटक पहिचान भएका संक्रमितलाई ट्रेसिङ गर्ने चिकित्सक र टोलीलाई यसबारे डिटेल जानकारी छ। ‘उहाँहरुले केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य सुरु गरिसकिएको अवस्था छ,’ मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने, ‘यो केसबारे अरु डिटेल छैन। पछि जानकारी गराउनेछौं।’