२९ सय परिवारलाई खैरहनी नगरपालिकाले दियो राहत

२९ सय परिवारलाई खैरहनी नगरपालिकाले दियो राहत

चितवन, २० चैत ।

चितवनको खैरहनी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरि पेट पाल्नेहरुलाई राहत वितरण गरेको छ । कोरोना भाईरसको सक्रमण देखिएपछि सरकारले लागू गरेको लकडाउनका कारण मजदुरी गरि जीवन निर्वाह गर्नेहरुमा समस्या परेपछि टोल विकास संस्था मार्फत संकलन गरिएको त्यस्ता घरपरिवारलाई नगरपालिकाले राहत उपलव्ध गराएको हो । नगरको १३ वटा वडाबाट २ हजार ८ सय ९९ घरपरिवारको तथ्यांक संकलन भएको थियो । सोही तथ्यांक अनुसार विहीवार नगरपालिकाले प्रत्येक वडालाई र वडाले टोल विकास संस्थालाई राहत वितरणको जिम्मा दिएको हो । सामाजिक दुरी कायम राख्दै राहत वितरण कार्य व्यवस्थित वनाउन टोल विकासलाई जिम्मा दिईएको नगरपालिकाका प्रमुख लालमणी चौधरीले वताए ।

राहत वितरणका लागि नगरपालिकाले मापदण्ड वनाएको थियो । ४ जना सम्मको परिवारलाई १० किलो चामल,१ किलो दाल,एक किलो नुन र एक लिटर तेल तथा ४ जना भन्दा माथिका परिवारलाई १५ किलो चामल,एक किलो दाल,एक किलो नुन र एक लिटर तेल दिने गरि मापदण्ड वनाएको हो । सोही मापदण्ड अनुसार नगर भित्रका २ हजार ८ सय ९९ परिवारलाईनै राहत वितरण गरिएको नगर प्रमुख चौधरीले वताए ।

राहत वितरणलाई व्यवस्थित वनाउन नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक एवंम् खैरहनी १ का वडाध्यक्ष भुमी प्रसाद कडेंलको संयोजकत्वमा समिति गठन गरिएको थियो । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माका अनुसार वडा नम्वर १ का दुई सय ६० घरधुरी,वडा नम्वर २ का दुई सय ६२ घरधुरी,वडा नम्वर ३ का दुई सय ४४ धरधुरी,वडा नम्वर ४ का एक सय ७९ घरधुरी,वडा नम्वर ५ का एक सय ८१ घरधुरी ,वडा नम्वर ६ का दुई सय ४२ घरधुरीलाई राहत दिईएको छ ।

त्यस्तै खैरहनी वडा नम्वर ७ का एक सय ६ घरधुरी,वडा नम्वर ८ का एक सय ९६ घरधुरी,वडा नम्वर ९ का एक सय ६६ घरधुरी,वडा नम्वर १० का ३ सय ८० घरधुरी,वडा नम्वर ११ का एक सय २१ घरधुरी,वडा नम्वर १२ का १ सय ७१ घरधुरी र वडा नम्वर १३ का ३ सय ९१ घरधुरीलाई राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले वताए । कोरोना भाईरसको सक्रमण हुन नदिन नगरपालिकाले प्रत्येक वडामा किटनाशक विषादी छर्नुका साथै यसबाट वच्न जनचेतना फैलाउने जस्ता काम गरेको नगर प्रवक्ता रामशरण पाण्डेले वताए ।

वैंक खोल्न नगरपालिकाको आग्रह

चैत २० गते । खैरहनी नगरपालिकाले वैंक तथा वित्तिय संस्था खोल्नका लागि सुचना जारी गरेको छ । कोरोना भाईरसको संक्रमण न्युनिकरण गर्न सरकारले लकडाउन गरेपछि अहिले वैंक तथा वित्तिय संस्थाहरु पनि वन्द छन् । व्यक्तीगत रकम वैंकमा जम्मा हुँदा दैनिक जीवनयापनमा प्रयोग गर्न नपाएकाले यसको वातावरण वनाउन वैंकहरु खोल्न सुचना गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले हस्ताक्षर गरेको सुचनामा आईतवारदेखी लागू हुने गरि वैंकको भुक्ताी काउन्टर खोल्नु पर्नेछ । भुक्तानी लिन आउने सेवाग्राहींसंग भौतिक दुरी कायम गरि काउन्टर खोल्न आग्रह गरिएको छ ।