नेकपा सचिवालय बैठक डेढ घण्टापछि सर्‍यो

नेकपा सचिवालय बैठक डेढ घण्टापछि सर्‍यो

काठमाडौं,२० वैशाख

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक ५:३० मा बस्ने भएको छ। यसअघि बैठक दिउँसो ४ बजेका लागि बोलाइएको थियो। बैठक डेढ घण्टापछि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बुधवारको बैठकमा प्रधामन्त्रीले नयाँ प्रस्ताव अघि सारेपछि आजको बैठकको रणनीति तयार गर्न नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्।

गत बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए। प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि आएको उक्त प्रस्तावले नेताहरु अलमलमा परेका छन्।

ओलीले बिहीवार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, शुक्रवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। केही समय अघि उपाध्यक्ष गौतमसँग पनि छलफल गरेका थिए।

पार्टी सचिवालय बैठकमा आफू प्रचण्ड(नेपाल समूहबाट आफू घेराबन्दीमा पर्ने भएपछि ओली नेताहरुलाई फकाउने कसरतमा छन्। प्रचण्ड(नेपाल समूह टुटाउने प्रयासमा रहेको नेताहरु बताउँछन्।