भारतमा १७ नेपालीलाई कोरोना संक्रमण

भारतमा १७ नेपालीलाई कोरोना संक्रमण

काठमाडौं ,२० वैशाख

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हालसम्म भारतमा कोरोनाको संक्रमणबाट १ हजार २ सय १८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २६ हजार १ सय ६५ पुगेको छ । यसमध्ये भारतमा १७ जना नेपालीलाई कोरोना संक्रमण भएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म १७ नेपाली कोरोना संक्रमित भएका छन् । भने १२ जना उपचारपछि निको भएका छन् । दूतावासका अनुसार मुम्बईमा संक्रमित भएका अछामका ८ जना निको भइसकेको जनाइएको छ । यस्तै बैंगलोरमा कोरोना संक्रमित भएका ४ नेपाली उपचारपछि निको भएको जनाइएको छ ।