अटो र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

अटो र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

चितवन, १७  असोज

नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खांदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर २९ सिमलतालमा नारायणगढबाट मुग्लिङ तर्फ गई रहेको प्रदेश ३-०३००१ह ४४७ नम्बरको अटो र विपरीत दिशा बाट आई रहेको ना५०प ४५५० नम्बरको मो.सा. एक-आपसमा ठक्कर खांदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल पछाडी सवार तनहुं घिरिङ गाउँपालिका ४ बस्ने ३५ बर्षका जित बहादुर रानाको मृत्यु भएक प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक घिरिङ गाउँपालिका . ४ का बेल बहादुर राना,अटो चालक नवलपुर गैंडाकोट ८ बस्ने बर्षसागर थापा,अटोमा सवार दोहि ठाउँका बिनिता थापा, पुजा थापा,रितु थापा,समिर थापा, मिन बहादुर थापा सामन्य घाइते भएको प्रहरीले जनाएको छ ।