एसपी मल्लले बुझे रवाना
प्रकाशित मिति: शुक्रबार, पौष १८, २०७६ | १४:३०:४४
चितवन , १८ पुस।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानबहादुर मल्लले रवाना बुझेका छन् । सरुवा भएको १५ औं दिनमा एसपी मल्लले रवाना बुझेका हुन् ।
सरुवा भएको धेरैदिनसम्म पनि एसपी मल्लले रवाना नबुझेको भन्दै ३ नम्बर प्रदेश प्रहरी कार्यालयले १२ घण्टाभित्र डिएसपीलाई चार्ज बुझाई रवाना दिन जिल्ला प्रहरी कार्यालयलाई बुधबार बेलुका आदेश दिएको थियो । एसपी मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको थियो । मल्लको स्थानमा एसपी गंगा पन्तको सरुवा भएको थियो । डिएसपी हुँदा नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको बडीगार्डको रुपमा खटिएका मल्लले प्रचण्डको आडमा जिल्ला छाड्न नखोजेको आरोप लाग्दै आएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पौष १८, २०७६ |
१४:३०:४४
1827