नसर्ने रोगबाट वच्न सुझाव
पुष १८ गते । सर्ने भन्दा नसर्ने रोगको अवस्था जटिल वन्दै गईरहेकाले यसबाट बच्न सरोकारवालाहरुले सुझाव दिएका छन् । राप्ती नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रवार जनप्रतिनिधीहरु र सरोकारवालाहरुका लागि आयोजना गरेको एक दिने अभिमुखीकरण गोष्ठीमा नसर्ने रोग भयावह वन्दै गएको उनीहरुको भनाई थियो । राप्ती नगरपालिका प्रमुख प्रभा बरालले सानो हेल चत्र्याईले ठुला जटिल रोग लाग्ने भएकाले स्वास्थ्यमा विषेश ख्याल गर्न आग्रह गरिन् । सामाजिक विकासको काम भएकाले यस्ता रोगका बारे जनचेतना जगाउन जनप्रतिनिधीहरु,राजनितिक दलहरुले सक्रियता देखाउनु पर्ने प्रमुख बरालले वताईन् । वकुलहर रत्ननगर अस्पतालका डाक्टर प्रशान्त पौडेलले सर्ने रोगको तुलनामा नसर्ने रोग वढ्दै गएको वताए । डाक्टर पौडेलका अनुसार उच्च रक्तचाप,क्यान्सर,मधुमेह,स्वास्थ्य प्रस्वास,दम जस्ता रोगका कारण मानिसमा जटिल समस्या वन्दै गईरहेको छ । राप्ती नगरपालिका ५ की वडाध्यक्ष मेनुका पाठकको अध्यक्षतामा भएको कार्यक्रममा राप्तीका उपप्रमुख इमानसिंह लामा,प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई,स्वास्थ्य शाखा सहसंयोजक राममणी सिलवाल लगायतले नसर्ने रोगका बारे तल्लो वर्ग सम्म सचेतना फैलाउनु पर्नेमा जोड दिए । कार्यक्रममा राप्तीका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।