खैरहनीमा कानुनी अधिकारका बारे अभिमुखीकरण सुरु
पुष १८ गते । चितवनको खैरहनी नगरपालिकामा महिला तथा बालबालिका संग सम्वन्धीत कानुनी अधिकारबारे तीन दिने अभिमुखीकरण कार्यक्रम शुक्रवार सुरु भएको छ । अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले महिला तथा बालबालिकामाथी हुने हिंसा अन्त्यका लागि जनप्रतिनिधीहरु र सरोकारवालाहरुले भुमिका निर्वाह गर्नु पर्ने वताए । कतिपय ठाउँमा उनीहरुमा जघन्य अपराधका घटना समेत भईरहेकाले यसमा चनाखो हुन उनको आग्रह थियो । तीन चल्ने सम्म चल्ने कार्यक्रमको पहिलो दिन खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले बाल संरक्षण सम्वन्धी र नगरपालिकाका कानुनी सल्लाहाकार समेत रहेका अधिवक्ता कमल पाठकले समाजमा विद्यमान सामाजिक मुल्य मान्यताका कारण महिला माथी परेको असर,महिला तथा वालबालिका माथी हुने हिंसा र संविधानमा उल्लेख व्यवस्थाका बारे सहजीकरण गरेका छन् । दोश्रो र तेश्रो दिन सम्पती माथी महिलाको अधिकार,पितृसतात्मक सोचका कारण महिला माथी परेको असर,लैंगिक हिंसा अन्त्य गर्न तथा लैंगिक मैत्री सेवाका लागि सरकारले वनाएको कानुनी व्यवस्था,स्थानीय तहको न्यायिक समितिले लैंगिक हिंसा सम्वन्धी निवारण गर्न सक्ने व्यवस्थाका बारे अधिवक्ता कमल पाठक र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले सहजीकरण गर्ने महिला तथा बालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले वताईन् । अभिमुखीकरणमा उपप्रमुख सुनिता थपलिया,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगर भित्र रहेका महिला सहकारीका प्रतिनिधीहरुको सहभागीता रहेको छ ।