इट्टा उद्योगमा काम गर्ने एक कामदारको मृत्यु

इट्टा उद्योगमा काम गर्ने एक कामदारको मृत्यु

चितवन , १८ पुस। 
पूर्वीचितवनको खैरहनीमा रहेको इट्टा उद्योगमा काम गर्ने एकजना कामदारको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित निर्माण इट्टा उद्योगमा काम गर्ने सोभराती मियाको आज बिहान मृत्यु भएको हो ।

भारतको मोतिहारी घरभई इट्टा उद्योगमा काम गर्दै आएका ६५ बर्षिय मियाको मृत्यु भएको हो । । बिहानको खाना खाएर आराम गर्ने क्रममा मिया एक्कासी छट्पटाएको र मियाको मृत्यु भएको प्रत्येक्षदर्शीले बताए । उनको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।