भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
प्रकाशित मिति: मंगलबार, कार्तिक १८, २०७७ | १७:०८:३८
काठमाडौं,१८ कात्तिक ।
उच्च अदालत पाटनले र्यापर भिटेन नामले परिचित समिर घिसिङलाई पक्राउ नगर्न आदेश दिएको छ।
मंगलबार उच्च अदालतका न्यायधीश नहकुल सुवेदीको इजलासले फौजदारी बाहेक गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय साइवर ब्युरोलाई आदेश दिएको हो।
र्यापर भिटेनले कात्तिक १६ गते प्रहरी प्रधान कार्यालय नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा रिट निवेदन दर्ता गराएका थिए।
हालसाल सार्वजनिक भएको गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर उनको आलोचना भएको थियो। प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्रचार गरेपछि भिटेन अदालतको शरणमा पुगेका हुन्।
प्रकाशित मिति : मंगलबार, कार्तिक १८, २०७७ |
१७:०८:३८
2245