
काठमाडौँ, १८ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेका हुन ।
पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला ओलीले राष्ट्रपतिसँग गरेको भेटवार्तालाई अर्थपूर्णरूपमा लिइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट नियमित हो ।
प्रधानमन्त्री ओलीले आजै अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।