
काठमाडौं,१८ मंसिर ।
बिहीबार थप एक हजार तीन सय ४३ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १११ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ । यस्तै हालसम्म ५७६ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १३ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय ५१ पुगेकाे छ ।