यातायात कार्यालयका अधिकृत पौडेल १३ हजार घुससहित पक्राउ

यातायात कार्यालयका अधिकृत पौडेल १३ हजार घुससहित  पक्राउ

काठमाडौं ,२० माघ ।

यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले १३ हजार घुससहित पौडेललाई नियन्त्रणमा लिइएको हो । सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।