विक्की कौशलको हरर फिल्म ‘भुतः द हन्टेड शीप’को ट्रेलर सार्वजनिक (भिडियो)

विक्की कौशलको हरर फिल्म ‘भुतः द हन्टेड शीप’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं,२० माघ

अभिनेता विक्की कौशलको हरर फिल्म ‘भुतः द हन्टेड शीप’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अभिनेता विक्की कौशल र भुमी पेडनेकरको मूख्य भुमिका रहेको यस फिल्मको अफिसियल ट्रेलर आइतबार सार्वजनिक भएको हो । ट्रेलरमा अभिनेता विक्कीलाई भुतले डराउन दिइरहेको छ ।

सन् २०२० फेब्रुअरी २१ मा रिलिज हुने तयारीमा रहेको यस फिल्मलाई भानु प्रताप सिंहले निर्देशन गरेका छन् । यस फिल्मलाई हीरो यश जोहर, करण जोहर, अपूर्व मेहता र शशांक खेतानले निर्माण गरेका हुन् । फिल्मममा अभिनेता विक्की कौशल र भुमी पेडनेकर लगायत अन्य कलाकारको अभिनय रहेको छ ।