लाईसेन्सको ट्रायल परिक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ

लाईसेन्सको ट्रायल परिक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ

काठमाडौं,२० माघ ।

प्रहरीले मोटरसाइकल लाइसेन्स लिनका लागि हुने ट्रायल परीक्षा दिन गएका एक जना नक्कली प्ररीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका २१ वर्षीय ललित जोशी छन् ।

उनी जुम्लाका श्रीप्रसाद दाहालको ट्रायल परीक्षा दिन नेपाल ड्राइभिङ ट्रायल सेन्टर, सुकेधारा पुगेपछि पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।
उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उनले जनाए ।