अवैध रुपमा बालुवा गिटी झिक्ने टिपर र जेसीबी चालकसहित चार पक्राउ

जनकपुरधाम,२० माघ ।

खोलाको बगरमा अवैध रुपमा उत्खनन् गरिरहेको टिपर र जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं। ५ चिसापानी स्थित कमला खोला र सिरहाको कर्जनहा नगरपालिका वडा नं। १ स्थित रहेको कमला खोलाको बगरमा ढुँगा, बालुवा, ग्राभेल उत्खनन गरिरहेको समयमा धनुषा प्रहरीले आइतबार राति ४ वटा टिपर, १ जेसीभी सहित ४ जना चालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले बा २ क २९८७ नम्बरको जेसिबि, ना २ क २८४, ना २ क २७८, भे १ ख २९३९ र बा ३ ख ७६०० नम्बरको पिटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार वस्नेतले जानकारी दिए।

प्रहरीले तीन टिपर चालक र एक जेसिभी चालकलाई समेत नियन्त्रणमा लिन सफल भएको छ भने एक जना टिपर चालक अझै फरार रहेका छन्।

पक्राउ पर्नेमा जेसिबि चालक सिरहा जिल्लाका कर्जनहा नगरपालिका वडा नं। २ का ३८ वर्षीय राजकुमार राउत, धनुषाको लक्ष्मिनिया नगरपालिका वडा नं। ३ का २४ वर्षीय पूण्यप्रसाद राउत, मिथिला नगरपालिका वडा नं।(२ का ३० वर्षीय गोपाल महतो र महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नं। १ का ३३ वर्षीय रामु महतो रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसीबी जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियाका उपेन्द्र साहले सञ्‍चालन गर्दै आएको मिथिला कन्ट्रक्सनको रहेको बताइएको छ।

नियन्त्रणमा लिइएको टिपर तथा जेसिबि जिल्ला समन्वय समिति धनुषालाई बुझाइ सकिएको प्रहरी उपरीक्षक बस्नेतले बताए।