बुद्ध एयरले सुरु गर्‍यो पोखरा–विराटनगर उडान सेवा

बुद्ध एयरले सुरु गर्‍यो पोखरा–विराटनगर उडान सेवा

पोखरा,२० माघ ।

बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर उडान सेवा सुरु गरेको छ । सातामा तीनदिन र तीनवटा उडान भर्ने बुद्ध एयरलाइन्स कम्पनी पोखराका स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए ।

सोमबार बिहान ११स्४५ बजे १८ जना यात्रुसहित बुद्धको विमान पोखराबाट विराटनगर लागेको थियो । उडान अवधि भने ६० मिनेटको हुने जनाइएको छ ।

बमबमबम
बुद्धले पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सिधा हवाई सेवा पनि दिँदै आएको छ ।

सुरुवातमा सातामा तीनवटा उडान सेवा सञ्चालन भए तापनि माग बढेको खण्डमा नियमित गर्न सकिने बरालले बताए । अहिले नेपाली र भारतीयलाई छ हजार दुई सय रुपैयाँ भाडा तोकिएको छ भने विदेशीले सय ३० डलर तिर्नुपर्नेछ ।

भ्रमण वर्ष २०२० को समेत प्रवर्धन हुने अपेक्षा कम्पनीले राखेको छ ।