विवाहको १२ दिन नबित्दै छुट्टिए पामेला र जोन

विवाहको १२ दिन नबित्दै छुट्टिए  पामेला र जोन

काठमाडौं,२० माघ

हलिउडका चर्चित स्टार पामेला एन्डरसन र निर्माता जोन पीटर्स यही जनवरी २० मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूको विवाह समारोह नजिकका केही व्यक्तिको मात्रै उपस्थितिमा गोप्यरूपमा गरिएको थियो ।

तर, विवाहको १२ दिन नबित्दै यी जोडी छुट्टिएका छन् । हलिउड मिडियाका अनुसार पूर्व ‘बेवाच’ स्टार पामेलाले केही समय एक्लै बस्ने निधो गरेर जोनसँग अलग्गिने निर्णय लिएकी हुन् । जोनसँगको विवाहमा शुभचिन्तकहरूले दिएको माया पाएर निकै खुसी भएको बताउँदै पामेलाले जिन्दगीलाई बुझ्न केही समय अलग्गिएर बस्ने निर्णय लिएको बताइएको छन् ।

बमबमब
५२ वर्षीय पामेलको जोनसँग यो चौँथो विवाह हो । यो भन्दा अघि उनले अमेरिकन म्युजिसियन टामी ली, किड राक र चलचित्र निर्माता रिक सोलोमनसँग विवाह गरिसकेकी थिइन् । यी तीनै जनासँग सम्बन्धविच्छेदपछि उनले जोनसँग विवाह गरेकी हुन् । ९नवभारत टाइम्स०