नेपालमा कोरोनाको पछिल्लो अपडेट : १२७७ जनाको परिक्षण,६ जना संक्रमित, १२० जना आइसोलेसनमा

नेपालमा कोरोनाको पछिल्लो अपडेट : १२७७ जनाको परिक्षण,६ जना संक्रमित, १२० जना आइसोलेसनमा

काठमाडौं , २१ चैत्र ।

कोरोना भाइरस (कोभिड १९) को आशंकामा शुक्रबारसम्म १ हजार २७७ को परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज (शुक्रबार) आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार देशभर १२० जना कोरोनाको आशंकामा आइसोलेसनमा रहेका छन् । परीक्षण गरिएकामध्ये १ हजार २ सय ७१ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने हालसम्म ६ जना संक्रमित छन् । जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् ।

धरान, पोखरा, हेटौँडा, जनकपुर र सुर्खेतमा परिक्षणको काम भइरहेको छ। बुटवलमा भने कोरोना परिक्षणको पोर्टेबल पीसीओरा जोड्ने काम भइरहेको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयको मोबाइल एप्समा कोरोना परिक्षणका लागि पाँच हजार ६२६ ले फारम भरेको पनि उनले जानकारी दिए ।