विश्वभर हालसम्म कोरोना भाइरसबाट ६ लाख ९७ हजारभन्दा बढीको मृत्यु
काठमाडौं,२० साउन
विश्वभर हालसम्म कोरोना भाइरसबाट ६ लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।
हालसम्म विश्वभर ६ लाख ८९ हजार २४५ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको कुल संख्या १ करोड ८४ लाख ४७ हजार ७ सय ५९ रहेका छ । विश्वभर १ करोड १६ लाखभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । विश्वभर निको हुने कुल संक्रमितमध्ये करिब ६३ प्रतिशत रहेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित संयुक्त राष्ट्र अमेरिकामा हालसम्म १ लाख ५८ हजार ९े३० जनाको मृत्यु भएको छ ।
यस्तै संक्रमितको संख्या ४८ लाख ६२ हजार २१० रहेको छ । उपचारपछि घर फर्किएको संख्या २४ लाख ४६ हजार ७९८ रहेको छ । अमेरिकामा हाल १८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म २७ लाख ५१ हजार ६६५ जना संक्रमित भएका छन् भने ९४ हजार ७०२ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमितको संख्या दिन प्रतिदिन बढदो क्रम रहेकबो छ । हालसम्म भारतमा १८ लाख ५६ हजार ७५४ संक्रमित रहेका छन। भने ३८ हजार ९९३ जनाको मृत्यु भएको छ ।
त्यस्तैगरी रसियामा १४ हजार २०७ , मेक्सिकोमा ४८ हजार १२ जनाको मृत्यु भएको छ ।