चितवनका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन , १८ असोज।
चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत जिल्लाको कालिका नगरपालिका ७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज १६ गते सांझ उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसीयूमा भर्ना गरिएको थियो । उपचारका सबै उपायहरु गर्दागर्दै विहान ६ः३५ बजे उनको मृत्यु भएको पौडेलले बताए । ती पुरुषको मृत्यु भएसंगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ जना पुगेको छ ।