करेन्ट लागेर माडिमा एक जनाको मृत्यु

करेन्ट लागेर माडिमा एक जनाको मृत्यु

चितवन , १८ असोज।
चितवनको माडिमा करेन्ट लागेर एक जना पुरुषको आइतबार बिहान ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका ६ हरिनगरका ६० बर्सिय सुकदेव महतोको ज्यान गएको हो ।

गैंडा धपाउन जाने क्रममा नाङगो बिजुलीको तारमा छुंदा उनी गंभिर घाइते भएका थिए । महतोको बघौडा अस्पताल माडीमा उपचारको क्रममा बिहान ३.३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।