कोभिड प्रभावित अतिविपन्न परिवारलाई सहयोग

कोभिड प्रभावित अतिविपन्न परिवारलाई सहयोग

नेपालगञ्ज, १८ असोज 

नेपालसँगको साझेदारी तथा गिभ टु एशियाको आर्थिक सहयोगमा बाँकेका कोभिड–१९ बाट प्रभावित अतिविपन्न परिवारलाई रु ३२ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण गरिएको छ । कोभिड–१९ प्रतिकार्य र पुनःस्थापना परियोजनाअन्तर्गत बैजनाथ गाउँपालिका–१ चिसापानीमा सो सहयोग सामग्री सरोकारवालालाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ का १२८ अतिविपन्न परिवारको आयआर्जन बढाउने उद्देश्यले सहयोग गरिएको परियोजना अधिकृत अनुप वर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १०३ घरपरिवारलाई बाख्रापालन, दुई परिवारलाई कुखुरापालन र १० घरपरिवारलाई खुद्रा तथा किराना पसल, कटाइसिलाइ, बङ्गुरपालन, मार्बल फिटिङलगायत आयआर्जन व्यवसायका लागि प्रतिपरिवार रु २५ हजार रकम बराबरको सहयोग गरिएको छ ।