लायन्स र लियो क्लबद्वारा हात धुने धारा जडान

चितवन,१८ असोज 

लायन्स र लियो क्लबद्वारा हात धुने धारा जडान असोज १८ गते लायन्स क्लब अफ चितवन इस्ट र लियो क्लब अफ चितवन इस्टले खैरहनिको तीन ठाउँमा हात धुने धारा जडान गरेको छ । खैरहनी नगरपालिका कार्यालय सहित खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर स्वास्थ्य चौकिमा ति दुई संस्थाले कोरोना नियन्त्रणका लागि हात धुने धारा जडान गरेका हुन ।

नगरपालिकामा जडान गरिएको धारा नगर प्रमुख लालमणी चौधरीलाई लायन्स क्लब अफ चितवन इस्टका अध्यक्ष भिम बहादुर पाण्डेले हस्तान्तरण गरे । सो अवसरमा नगर प्रमुख चौधरीले सबैको सहकार्य र सजगताले कोरोना नियन्त्रण प्रभावकारी हुने बताए । तीन ठाउँमा ट्यांकी सहित धारा जडानका लागि करिब एक लाख रुपैयाँ खर्च भएको लियो क्लब अफ चितवन इस्टका अध्यक्ष सागर अधिकारीले जानकारी दिए ।

बढ्दाे कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि मानिसको चहलपहल बढी हुने ठाउँ रोजेर धारा जडान गरिएको लियो क्लबका अध्यक्ष अधिकारीले बताए । धारा हस्तान्तरण कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषाेम शर्मा, लायन्स क्लबका भाइस डिस्ट्रिक गभर्नर राम प्रसाद भट्ट , जोन चियर पर्सन किरण बुर्लाकोटी, नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।