सुक वहादुर परियारको परिवारलाई सहयोग
पुष १९ गते । राप्ती नगरपालिका २ पर्सौनी टोलका स्वर्गिय सुक वहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरिएको छ । परियारको निधनपछि क्रिया गर्ने खर्च समेत अभाव रहेकाले उनको परिवारलाई विश्व हिन्दु महासंघको नेतृत्वमा संकलित रकम राहत स्वरुप शनिवार सहयोग गरिएको हो । परियारको यही पुष १५ गते निधन भएको थियो । निधन पश्चात उनको काजक्रिया गर्न र खानेकुराको समस्या रहेको थाहा पाएपछि विश्वहिन्दु महासंघ केन्द्रिय सदस्य अनिता खरेलले सहयोगका लागि पहल गरेकी थिईन् । काजक्रियाका लागि ६ हजार रुपैया परियारका परिवारलाई हस्तान्तरण गरिएको केन्द्रिय सदस्य खरेलले वताईन् ।
महासंघका अर्का केन्द्रिय सदस्य धु्रवकुमार सिलवाल,जिल्ला सदस्यहरु गुणराज थपलिया,सीता मगर,चित्रकुमारी श्रेष्ठ, मुकुन्दश्वरी महादेव मन्दिरका अध्यक्ष गोमा सेढाई,समाज कल्याण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डे,नारायण वर्तौलाको टोलीले घरमै पुगेर सहयोग हस्तान्तरण गरेको थियो । सुक वहादुरका पाँच छोरा,१ छोरी,श्रीमती छन् । सिकर्मी काम गरि उनले परिवारको गुजारा चलाउँदै आएका थिए ।