निलगिरी सहकारीको अध्यक्षमा पुन लामा
पुष १९ गते । खैरहनी नगरपालिका ८ मगनीचोकमा रहेको निलगिरी वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन सुनिता लामा निर्विरोध चयन भएकी छिन् । संस्थाको शनिवार सम्पन्न १० औं वार्षिक साधारण सभा तथा अधिवेशनले लामा चौथो पटक अध्यक्षमा चयन गरेको हो । सात सदस्यीय संचालक समितिको उपाध्यक्षमा लेख वहादुर पुन,सचिवमा कर्म वंगेल रुम्वा,कोषाध्यक्षमा पवित्रा पुन तथा सदस्यहरुमा पूर्ण वहादुर तामाङ,लिला वहादुर तामाङ र सरला लामा चयन भएका छन् । यस्तै लेखा समिति संयोजकमा स्वेता माझी ,सदस्यहरुमा माया देवी लामा र रीता गुरुङ चयन भएका छन् । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खैरहनी ८ का वडाध्यक्ष टेकवहादुर थापा क्षेत्री,उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा,पर्सा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शेरमान तामाङ लगायतले मन्तव्य राखेका थिए । साधारण सभामा उत्कृष्ट वचतकर्ता,उत्कृष्ट ऋणी लगायतलाई सम्मान समेत गरिएको थियो ।