देउवालाई पौडेलको कटाक्ष – पार्टीलाई भड्खालोमा पार्न खोजियो
पुष १९ गते । नेपाली काग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिका कारण पार्टी भड्खालोमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली काग्र्रेश रत्ननगर नगर समितिले शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा वरिष्ठ नेता पौडेलले गरेको पार्टी सभापति शेरवहादुर देउवाको खुलेर आलोचना गरेका हुन् । उनले पार्टी भित्रको कमजोरी खोज्नु पर्नेमा सभापतिले कमजोरी लुकाउने प्रयास गरेको आरोप लगाए । पार्टीलाई रोगमुक्त वनाउन ९ वुँदे सुझाव पेश गरेकोमा त्यसलाई सभापतिले वेवास्ता गरेको पौडेलको भनाई थियो । काग्रेश केन्द्रिय सदस्य एवंम् युवा नेता प्रदिप पौडेलले पार्टी कव्जा गर्ने नभई सत्ता कव्जा गर्ने गरि नेतृत्व लाग्नु पर्ने वताए । नेपाली काग्रेश रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेश केन्द्रिय सदस्यद्धय डिना उपाध्याय, कमला पन्त,नेपाली काग्रेश चितवन सभापति जीतनारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न विद्याबाट १२ जना तथा पार्टी पूर्व नगर सभापति ४ जनालाई सम्मान गरिएको थियो । शिक्षा तर्फ गोपाल शर्मा,सामाजिक क्षेत्र तर्फ निरकला शर्मा,कृषित र्फ परशुराम तिवारी,प्रसाशक तर्फ राधा बालिका,एकल महिला अम्वा कुमारी कुँवर,व्यवसायी तर्फ अनिलकृष्ण श्रेष्ठ,विचार समाज तर्फ सुरेशचन्द्र आचार्य,धर्म संरक्षण तर्फ जगदिश चन्द्र शर्मा,पत्रकारिता तर्फ अनिता अर्याल,विपद व्यवस्थापन तर्फ मनवहादुर थापा,द्धन्द्ध प्रभावित तर्फ उत्तम देवकोटा,रत्ननगर ११ का पार्टी सभापति सीतु अधिकारी तथा पार्टी नगर सभापतिहरु महेश रौनियार,समर वहादुर मल्ल,खडानन्द पौडेललाई सम्मान गरिएको थियो भने पूर्व सभापति स्वर्गिय नन्दलाल पौडेललाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।