खैरहनी प्रहरीलाई स्थानीयको प्रश्न ढुंगा ग्रावेलमा मात्र किन ध्यान ?
पुष १९ गते । खैरहनी प्रहरीलाई स्थानीयवासी तथा सरोकारवालाहरुले सुझवाका चाँङ पेश गरेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीले शनिवार आयोजना गरेको नयाँ प्रहरी निरीक्षक ऋषिराम घर्तीको परिचयात्मक तथा सुझाव संकलन कार्यक्रममा स्थानीयले सुझाव दिदै शान्ती अमनचयन कायम राख्न सुझाव दिए । कार्यक्रममा स्थानीय रामचन्द्र तिवारीले ढुंगा गिट्टी चोरी निकासी नियन्त्रणमा मात्रै प्रहरीको ध्यान गएको आफुले महसुस गरेको भन्दै सवै क्षेत्रको सुरक्षामा ध्यान दिनु पर्ने वताए । ढुंगा गिट्टीमा खै के पाईन्छ प्रहरीको ध्यान त्यता मात्रै केन्द्रित भएको पाईन्छ तिवारीले भने – सवै क्षेत्रमा सुरक्षा प्रदान गर्न प्रहरी जागरुक हुनुपर्छ । निलगिरी वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष लेखवहादुर पुनले प्रहरी कार्यालय दलहरुको अखडा वन्न नहुने सुझाव दिए । कार्यक्रममा खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले नगरवासीहरुले प्रहरी छ भन्ने अनुभुती हुने गरि काम गर्न सुझाव दिए । कार्यक्रममा खैरहनी १ का वडाध्यक्ष भुमी प्रसाद कडेंल,२ का वडाध्यक्ष टिकादत्त इटनी,३ का अध्यक्ष पूर्ण वहादुर गुरुङ,७ का वडाध्यक्ष मनेजर चौधरी,९ का अध्यक्ष होमकुमार पुन,१२ का अध्यक्ष टिकाराम तिमल्सीना,खैरहनी माविका प्रधानाध्यापक शम्भु शंकर वर्तौलाले लागू औषध प्रयोगमा युवाहरु फस्दै गएको,अनियन्त्रित रुपमा मोटरसाईकल चलाउन प्रवृत्ती वढेको भन्दै प्रहरीको ध्यानाकर्षण गराए । प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले यहाँका सरोकारवालाहरुको सुझावका आधारमा काम गर्ने भन्दै शान्ती सुरक्षा ,अमन चयन कायम राख्न नागरीकको पनि सहयोग हुनु पर्ने वताए ।