दुई दिनमै गौतम बुद्ध रंगशालाको महायज्ञबाट उठ्यो एक करोड

दुई दिनमै गौतम बुद्ध रंगशालाको महायज्ञबाट उठ्यो एक करोड

चितवन,२१ माघ ।

चिचितवनको रामपुरमा रहेको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबारदेखि सुरु भएको धनधान्याचल महायज्ञको दोस्र्रो दिन सोमबारसम्म एक करोड सहयोग जुटेको छ । आज धनधान्यान्चल महोत्सवमा महिलाहरुको बिशेष उपस्थिती रहने छ ।

धनधान्यान्चल भरतपुरको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन महोत्सवको तेस्रो दिन मंगलबार महिलामय बनाइने व्यवस्थापना समिति संयोजक चुन नारायण श्रेष्ठले जानकारी दिए । मंगलबार कार्यक्रमको सभापति, प्रमुख अतिथी देखी कलाकार र कार्यक्रम संचालक सबै महिला रहने संयोजक श्रेष्ठले जानकारी दिए ।

महोत्सव अवधिभर नै मातृशक्ती परिचालन हुने भए पनि मंगलबार महिलाहरुको बिशेष उपस्थिती रहने मातृशक्ती परिचालन समिति संयोजक सांसद पार्वती रावलले जानकारी दिइन । मंगलबार राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीसहित महिलाहरुको बिशेष उपस्थिती रहने रावलले बताइन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, बिभिन्न वडाका महिला सदस्य, चिकित्सा क्षेत्रका महिलाहरु, महिला उद्यमी, महिला पत्रकार लगायतको उपस्थिती रहने रावलले बताईन् ।

पछिल्लो समय महिलाहरु बिभिन्न संघ संस्थाको नेतृत्वदायी भूमिकामा पुगिसकेकोले यो महान अभियान सफल बनाउन पनि महिलाहरुको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ । बिभिन्न क्षेत्रमा योगदान पु¥याएका सबै महिलाहरुले मंगलबार भौतिक उपस्थिती मात्र नभई आर्थिक संकलन समेत सहयोग गर्ने उनको बताइन् । रावलले सबै महिलाहरुलाई महोत्सव स्थलमा उपस्थित हुन आग्रह समेत गरिन् । यस्तै मंगलबार गायिका सरिता गुरुङसहित महिला कलाकारहरुले बिशेष प्रतुती दिने बताईएको छ ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव शुरु भएको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।