चीनमा कोरोना भाइरस संक्रमण : ४२६ मृत्यु, २० हजारभन्दा बढी संक्रमित

चीनमा कोरोना भाइरस संक्रमण : ४२६ मृत्यु, २० हजारभन्दा बढी संक्रमित

चीन,२१ माघ ।

केहि साता यता चीनमा फैलिएको कोरोना भाइरसका कारण सोमवार थप ६४ जनाको मृत्यु भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमपार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२६ पुगेको छ । एक जनाको भने फिलिपिन्समा यसअघि नै मृत्यु भइसकेको । सोमवार मात्रै चीनमा थप २ हजार ३४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

चिनियाँ संचारमाध्यम सीजीटीएनका अनुसार हालसम्म चीनमा संक्रमितको संख्या २० हजार ४७१ पुगेको छ । यसैवीच, हुपेई प्रान्तको वुहान शहरमा नवनिर्मित हुवोशनशान अस्पतालमा कोरोना भाइरसका संक्रमितहरुको उपचार शुरु गरिएको छ ।

विभिन्न अस्पतालमा उपचार हुँदै गरेका विरामीहरुलाई नवनिर्मित अस्पतालमा ल्याएर उपचार गर्न शुरु गरिएको समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।

पहिलो लटका ५० जना विरामीहरुलाई उक्त अस्पतालका मेडिकल स्टाफहरुले मंगलवार विहानबाट उपचार गर्न शुरु गरेका हुन् । ३४ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त अस्पतालको १० दिनमा निर्माण पुरा भएको थियो ।

१ हजार शय्याको सोही अस्पतालबाट कोरोना भाइरसका संक्रमितहरुको उपचार गरिने बताइएको छ । एजेन्सीहरुको सहयोगमा