
काठमान्डौ, २१ माघ ।
सुन एक दिनमै तोलामा ५ सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज ९मंगलबार० ७६ हजार रुपैयाँमा किनबेच भइरहेको छ।
निरन्तर उकालो लाग्दै गएको सुनको भाउ पुनःओरालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको थियो।
अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ।