विप्लव समूहका नेता तारा थापा पक्राउ

विप्लव समूहका नेता तारा थापा पक्राउ

ताप्लेजुङ,२१ माघ।

विप्लव समूहका नेता तारा थापा पक्राउ परेका छन् । राष्ट्रिय युवा जनस्वयंसेवक ताप्लेजुङका संयोजक समेत रहेका थापालाई सोमबार दमक प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा गरिएको अप्रेसनबाट उनलाई पक्राउ गरेको इलाक प्रहरी कार्यालय दमकका डीएसपी विजय पण्डितले बताए ।

पण्डितका अनुसार ४० वर्षीय थापाविरुद्ध बिर्तामोडमा वम विष्फोट गराएको मुद्दा छ।उनलाई मंगलबार जिल्ला अदालत झापामा पेश गरी थप अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ।