चीनबाट ल्याईएको नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन नै राख्नु पर्छ : सांसद यादव

चीनबाट ल्याईएको नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन नै राख्नु पर्छ : सांसद यादव

काठमाडौं, २१ माघ ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई राख्ने ठाउँ नपाइने दुःखद भएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा वैठकमा बोल्दै सांसद यादवले चीनबाट उद्दार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका छन् । उनले सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याइने नेपाली राख्ने ठाउँ नपाउनु दुःखद भएको भन्दै कहिं नपाए संसद भवन नै खाली गरेर राखिनु पर्ने बताएका छन् ।

‘चीनबाट ल्याउने नेपाीलाई कहाँ राख्ने त रु सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ तर ठाउँ नै पाएको छैन । कि हामी संसद भवन नै खाली गर्दिउँ त सभामुख महोदय रु’ उनले भने । संसद भवन खाली गरेर बाहिर पालमा संसद चलाउन सांसद यादवले माग गरे ।

उनले संसद भवनमा नभए हायात होटल राखेको जग्गा खाली गरेर राख्न माग गरे । ‘३० हजार रोपनी जग्गा कब्जा गरेर हायात होटल राखेको छ । त्यो खाली गरेर राखौं ।’ सांसद यादवले चीनमा रहेका विद्यार्थीलाई लिन जहाज कहिले उड्छ भनी प्रश्न समेत गरे ।