भारतले जस्तै अमेरिकाले पनि नेपाल कब्जा गर्न लाग्यो : सिपी गजुरेल

भारतले जस्तै अमेरिकाले पनि नेपाल कब्जा गर्न लाग्यो : सिपी गजुरेल

काठमाडौं,२१ माघ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नेता सिपी गजुरेलले इन्डो प्यासिफिक रणनीति अनुसार अमेरिकाले नेपालमा सेना उतार्न खोजेको दाबी गरेका छन्। मोर्चाले आयोजना गरेको ुएमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍नु सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा आइतवार काठमाडौंमा बोल्दै उनले अमेरिका पनि भारत जस्तै नेपाल कब्जामा लागेको दाबी गरेका हुन्।

भारतले नेपालको सीमा मिचेर कालापानीमा आफ्ना सैनिकको अखडा राखेको उनले बताए । ‘भारतले सीमा मिचेर कालापानीमा आफ्ना सैनिक उतार्‍यो’ उनले भने, ‘अमेरिकाले इन्डोप्यासिफिक रणनीति अनुसार नेपालमा कब्जा जमाउन खोजेको छ।’ नेता गजुरेलले भारतबाट नेपालका ७१ ठाउँमा सीमा मिचिएको बताए।’भक्तपुर जत्रा तीनवटा जिल्ला जत्रा भूभाग भारतले मिचेको छु, उनले भने, ‘तर सरकारले यसलाई सामान्य रूपमा लिएको छ। सीमा मिचिएको विरोधमा आवाज उठाउनेमाथि उल्टै दमन गरेको छ।’ नेता गजुरेलले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नयाँ नक्सा जारी गर्नुपर्ने बताए। ‘नेपाली भूमि राखेर नक्सा जारी गर्नुपर्ने होु, उनले भने, ‘सरकारले सीमा विवादको बिययमा छिट्टै काम गर्नुपर्छ। सीमा विवादलाई अन्तराष्ट्रियकरण गर्न ढिला भएको छ।’
च्भबम mयचभ बतस् जततउकस्ररतजबजबपजबदबच।अयmरलभधकरढण्छढद्ध