एक महिनापछि बल्ल पायो चितवनले नयाँ एसपी

चितवन,२१ माघ।

चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाइएको छ। यहाँ यसअघि एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो। पन्तलाई चितवन जान रमना नदिएर अहिले गुरूङलाई सरूवा गरिएको हो।

प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रहरी प्रमुख सरूवा गरेको छ।

एसपी पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ।

पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसर सरूवा भएका छन्।

बारामा एसपी कृष्ण पंगेनीलाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले  जानकारी दियो।

चितवनमा गत पुसदेखि एसपी रिक्त थियो। एसपी दानबहादुर मल्लको सरूवा भएको लामो समयदेखि यहाँ प्रहरी प्रधान कार्यालयले एसपी पठाउन सकेको थिएन।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वबडीगार्ड मल्लले सरूवा भएको १५ दिनसम्म चितवन छाडेका थिएनन्।

उनलाई रमना लिएर चितवन छाड्न बागमती प्रदेश प्रहरी कार्यालयले २४ घण्टे अल्टिमेटम नै दिएको थियो।