राप्ती सिमरामा पशु स्वास्थ्य शिविर ,अधिकांशमा वाँझोपन

चितवन २१ माघ

राप्ती नगरपालिकाको सिमरामा मंगलवार एक दिने पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ । राप्ती नगरपालिका पशु सेवा शाखाको आयोजना तथा परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्था र नेपाल पोलिटेक्निक इन्स्टीच्युडको सहयोगमा शिविर भएको हो । शिविरमा परिक्षण गराएका मध्ये ५० प्रतिशत भन्दा वढि गाईभैसीमा वाँझोपन र उल्टने समस्या देखिएको राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीले वताए । उनका अनुसार आन्तरीक र वाह्य परजिवीको आक्रमण,प्रशस्त्र मात्रामा हरियो घाँसको अभाव लगायतका कारण प्रजननमा समस्या देखिएको हो । शिविरमा २३३ वटा गाई,३५ वटा भैसी,४५ वटा वाख्राको स्वास्थ्य परिक्षण गराउनुका साथै रोग निदान समेत गरिएको थियो । सोही अवसरमा करिव १ लाख ५० हजार रुपैया बरावरको औषधी निशुल्क वितरण गरिएको थियो । शिविरमा डाक्टर टिकाराम न्यौपाने,डाक्टर श्याम किशोर शाह,डाक्टर इगेन्द्र श्रेष्ठ लगायतको टोली सलग्न थियो ।