सिडियोसहित तीन जनालाई केरा व्यवसायीको स्वागत,उत्पादन वढाउन सुझाव

सिडियोसहित तीन जनालाई केरा व्यवसायीको स्वागत,उत्पादन वढाउन सुझाव

माघ २१ गते । चितवन केरा व्यवसायी संघले चितवनका प्रमुख जिल्ला अधिकारीसहित उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष र चितवन उद्योग संघका अध्यक्षलाई स्वागत तथा वधाई ज्ञापन गरेको छ । संघले मंगलवार रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललाई स्वागत गरेको हो । चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले अझै पनि ६० प्रतिशत केरा भारतबाट आयात हुदै आएको भन्दै कडाईमा सरकारले निति वनाउनु पर्ने वताए । भारतीय केराका कारण यहाँ उत्पादन भएको केराले मुल्य नपाएको उनको भनाई थियो । संघका निवर्तमान अध्यक्ष विष्णुहरी पन्तले नगदेवालीको रुपमा ठुलो संभावना रहेपनि मलको अभाव,सिंचाईको अभाव लगायतका कारण चुनौती थपिएको वताए । संघका अध्यक्ष महतोको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष यज्ञ सुवेदी,वर्तमान वरिष्ठ उपाध्यक्ष माधव घिमिरे लगायतले केराखेतीको समस्याबारे मन्तव्य राखेका थिए । किसानले आफुले उत्पादन गरेको केराले वजार नपाएको गुनासो गरिरहेका वेला उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले चितवनमा केरा विक्रीका लागि वजारको समस्या नरहेको वताए । चाडपर्वका बेला यहाँको केराले माग धान्न नसक्ने भन्दै भारतीय केरा भित्रने गरेको उनको भनाई थियो । चितवन उद्योग संघका अध्यक्ष पौडेलले माटोको परिक्षणपछि मात्रै खेती गर्नु पर्ने वताए । नेपालका सवै जिल्लामा केराखेती हुने भन्दै पौडेलले उत्पादकत्व वढाउनु पर्ने सुझाव दिए । चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराई किसानको उत्पादनलाई सरकारले वजारीकरणको व्यवस्था मिलाउनु पर्ने धारणा राखे ।