रात्रिकालिन चेकजाँचमा कडाई, गाडीमा प्रचार सामाग्री राख्न नपाउने

रात्रिकालिन चेकजाँचमा कडाई, गाडीमा प्रचार सामाग्री राख्न नपाउने

माघ २१ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले रात्रीकालिन चेकजाँचमा कडाई गरेको छ । चालु आर्थिक वर्षमा अत्याधिक सवारी दुर्घटना हुने क्रम वढेपछि रात्रिकालिन चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । चालु आर्थिक वर्षको माघ महिनाको २० गते सम्म १८३ वटा सवारी दुर्घटनामा परि ८० जनाले ज्यान गुमाई सकेका छन् । ट्राफिक प्रहरी प्रमुख भट्टका अनुसार तीव्र गतिमा सवारी चलाउने र मादक पदार्थ सेवन गरि सवारी चलाउने विरुद्ध सडक सुरक्षा सयुक्त चेकजाँच कार्ययोजना २०७६ लागू गरि रातभर चेकजाँचको व्यवस्था मिलाईएको छ ।

रातको समयमा भएका दुर्घटनामा मानविय क्षती वढि भएको र चालकको लापरवाही,तीव्र गति,चालकले मादक पदार्थ सेवन गरि चलाउने,एउटै चालकले लामो दुरीको सवारी चलाउने लगायतका कारण दुर्घटना हुने गरेका छन् । यसैबीच सार्वजनिक सवारी साधनमा अवदेखी प्रचार सामाग्री टास्न नपाईने भएको छ । प्रचार सामाग्री टाँसिएको पाईएमा कारवाही गरिने ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रचार सामाग्री टास्नु यातायात व्यवस्था ऐन विरुद्ध रहेकाले यसलाई निरुत्साहित गर्न लागिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले वताए । प्रचार सामाग्री हटाउन र अव राख्न नहुने भन्दै एक साता सम्म सचेत गराईने र त्यसपछि फेला पारे कारवाही गरिने उनको भनाई छ ।

सडकमा जथाभावी सवारी रोके ह्वील लक गर्ने कामलाई समेत ट्राफिक प्रहरी कार्यालयले कडाई गरेको छ ।