रामेछापबाट काठमाडौं आउँदै गरेको बस काभ्रेमा दुर्घटना,३० जना घाइते, ६ को अवस्था गम्भीर
प्रकाशित मिति: बुधबार, फाल्गुण २१, २०७६ | १२:४२:००
काभ्रे,२१ फागुन ।
जिल्लाको कोशीपारीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रे जिल्लाको चौरीदेउरालीमा दुर्घटना भएको हो ।
३० जना सवार रहेको बा ४ ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा दुर्घटना भएको काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल तामाङले जानकारी दिए।
‘रामेछापबाट आएको गाडी ब्याक गर्नेक्रममा १० मिटर तल खसेको रहेछ’उनले भने,’३० जना घाइते छन्, त्यसमा ७(८ जना गम्भीर छन्।’
उनीहरूको उपचार धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २१, २०७६ |
१२:४२:००
1893